दफा ११
भिसा सम्बन्धी सुविधा

(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपालमा बसोबास गर्ने गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति वा परिचयपत्र प्राप्त नेपाली मूलको विदेशी: नागरिक वा निजको परिवारलाई दश वर्षसम्मको गैरआवासीय नेपाली भिसा: निशुल्क उपलब्ध गराइनेछ।
(१क). प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएः तापनि गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिलाई एकपटकमा दुई वर्ष अवधिको _बहुप्रवेश सुविधा सहितको आवासीय भिसा निशुल्क उपलब्ध गराइनेछ। (२) उपदफा (१) बमोजिम दिइएको भिसाको अवधि आवश्यकता अनुसार थप गर्न सकिनेछ ।